राजनिती
-
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको विषयमा स्पष्ट पार्न निर्वाचन आयोगले पत्र लेखेको छ । लिङ्देनले अनुशासन समितिका संयोजकको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेका थिए । साथै, सुवेदीलाई पद यथावत् राख्नुपर्ने माग राखेर विज्ञप्ति निकाल्ने उपाध्यक्ष मुकुन्दश्याम गिर…
-
काठमाडौं । संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुख देवराज घिमिरेले बैठक बोलाएका छन् । सभामुखको सचिवालयकाअनुसार यही साउन १५ सम्मको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँ वानेश्वरस्थित संसद भवनको शंकर हलमामा बस्नेछ ।
-
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार…
-
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनकाअनुसार चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता छैन । चुनौतिको सामन…
-
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा परेका संशोधनहरू सार्वजनिक गर्न संसद् सचिवालयको आनाकानी गरेको छ । राष्ट्रिय सभामा विचाराधीन रहेको यो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पुगिसकेको छ । तर, कुन सांसदले कुन दफामा के संशोधन राखे भनेर अझै सार्वजनिक भएको छैन । ३१ असारमा यो विधेयकमाथि स…
-
काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको बताएका छन् । बुधबार कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भएपनि जनताको हितमा कुनै…
-
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बामदेव गौतमले काम दिन नसके पार्टीमा लामो समयसम्म बस्न नसक्ने बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गरेका हुन् । भर्खरै एकीकृत समाज…
-
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका छन् । घुस प्रकरणमा मुछिएका मन्त्री पदमा हुँदा नै विधेयक फास्टट्रयाकबाट पास गर्न एमालेले प्रस्ताव गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री एमाले…
-
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनका सभापतिको उम्मेदवारका लागि कसैलाई पनि समर्थन गर्ने वचन नदिएको बताएका छन् । सभापतिलाई भेट्न बूढानीलकण्ठ गएका पाँच पूर्वपदाधिकारीलाई देउवाले आफूले कसैलाई पनि ‘ग्रिन सिग्नल’ नदिएको बताएको भेटमा सहभागी नेता गोपालमान श्रेष्ठले जानक…
-
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादी रहेको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले अन्यलाई दोष दिएर माओवादी उम्किने ठाउँ …
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाइ औद्योगीकरणमा लैजान आवश्यक रहेको बताए । सामान आयात गरी नाफा आर्जन गर्नेतर्फ भन्दा देशमै उत्पादन बढाइ निर्य…
-
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् । राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् । आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्र…
-
काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी विधानमा संगठित सदस्यता खोस्नेबारे नयाँ व्यवस्था हुनुपर्ने प्रस्ताव गरेकी छिन् । जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा उनले कुनै पनि फौजदारी अभियोग नलागेका सदस्यको सदस्यता खोस्न नपाइने व्यवस्था कायम हुनुपर्ने बताइन् । ‘विधानमा एउटा अपरि…
-
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विभिन्न समयमा भएका आन्दोलनबाट व्यवस्था परिवर्तन गरिएपनि सुशासन कायम हुन नसकेको बताएका छन् । पछिल्लो ३५ वर्षमा देशमा व्यवस्थागत परिवर्तन भएपनि भ्रष्टाचार अन्त्य हुन नसकेको उनको भनाइ छ । ‘पञ्चायती शासन अन्त्य गर्न सकिन्छ, प्रजातन्त्र स्थापना गर्न सकिन्छ, रा…
-
काठमाडौं । राष्ट्रियसभा सदस्य सुरेश कुमार आलेमगरले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता अनुसार काम हुन नसकेको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो प्रतिवद्धतासहितको बोर्डहरू झिकेर फालिदिन सुझाए । ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारक…
-
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय लिने सम्भावना रहेको बताएका छन् । हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताबारे छलफल चलिरहेको जानकारी गराउँदै आजको बैठकमा अध्यक्ष क…
-
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउँदा पार्टी बलियो हुने भन्दै स्वागत गर्नुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय प्राविधिक भए…
-
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन आवश्यक रहेको बताएका छन् । यस निम्ति ठोस नीति तथा कार्यक्रम ल्याउन सरकारलाई उनको सुझाव छ । कीर्तिपुरमा आयोजित ‘प्रथमयुवा किसान मञ्चस् युवा किसान क्याम्प तथा कृषि ओलम्पिक’कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कृषिमा युव…
-
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट प्रधानमन्त्रीहरूले असुली धन्दा गरेको ठहर भएकै जिकिर गरेका छन् । पुष्पलाल स्मृति दिवसका अवसर पारेर मंगलबार मार्क्सवादी अध्ययन केन्द्रले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपमहासचिव शर्माले यस्तो बताएका…
-
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेमा भइरहेको नेतृत्व हस्तान्त्ररणको बहसप्रति कटाक्ष गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष नेतृत्व छाड्दिन भन्दा पनि दोस्रो तहका नेताहरुले प्रतिवाद गर्न नसकेकोप्रति भुसालले कटाक्ष गरेका हुन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्य…
-
काठमाडौं । राष्ट्रियसभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्ने विषय उठेको छ । मंगलबार सभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको विषयमा अडियोहरू सार्वजनिक भएको बताए । यही…

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा
६ दशकमा विराटनगरले उत्पादन गर्यो ८४ हजार प्रहरी
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति सिबिफिनको कडा आपत्ति
बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब
अमेरिकी अध्यागमनले गर्यो एकैपटक ७५ जना नेपालीलाई निष्कासन