राजनिती
-
वागमती- सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ । प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय…
-
काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही…
-
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाललाई दुई छिमेकी भारत र चीनको ‘भाइब्रेटिङ ब्रिज’ (जीवन्त सेतु) का रुपमा विकास गर्नुपर्ने बताएका छन् । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकालाई तामाङ ट्रेलका रुपमा विकास गर्ने सम्बन्धी एक छलफल कार्यक्रमम…
-
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएकी छन् । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा भाग लिन पाउने तर चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताइन् ।…
-
काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्पेनी महारथी क्लब रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउ पुगेका छन् । प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए । मिगेलले क्लबको लामो इतिहास,सफलताका यात्रा र भविष्यका य…
-
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकाले प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पूर्वमुख्यमन्त्री राईले माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकोबारे प्रष्ट हुनुपर्ने तर्क गरेका थिए । …
-
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी असार मसान्तसम्म सम्भावित उम्मे…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकको लाइसेन्सको प्रकृतिबारे प्रश्न उठाएका छन् । बिहीवारको अर्थ समितिको बैठकमा बोल्दै पौडेलले बैंकको लाइसेन्सको पनि निश्चित अवधि तोकिनुपर्ने धारणा राखे । ‘धेरैजसो लाइसेन्सहरूको आयु हुन्छ तर बैंकहरूको एक अर्थमा लाइसेन्सको आयु छैन,’ उनले भने, &…
-
काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले बैंकर्स र उद्योगी छुट्याउनुपर्ने भए पनि तत्कालै छुट्याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउने बताएका छन् । बिहीवार प्रतिनिधिसभाको अर्थसमितिमा बैंक तथा बाफिया विधेयकमाथिको छलफलमा बोल्दै एउटै व्यक्ति बैंकर्स पनि हुनुपर्ने र व्यापारी पनि हुनु भनेको गुड गभर्नेन्सको सिद्धान्तले…
-
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले केन्द्रीय समितिको बैठकमा भ्रष्टाचारका आरोपितले विषवमन गर्दा अरु टुलुटुल हेर्ने अवस्था आएको बताएका छन् । सिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतप्रति संकेत गर्दै भ्रष्टाचारको मुद्दाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थ…
-
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीको जारी केन्द्रीय समिति बैठकले १५ औं महाधिवेशन तोक्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा बिहीबार बोल्दै नेता केसीले २०८२ को मंसिरभित्रै महाधिवेशन हुनुपर्ने माग गरे । ‘समयमै महाधिवेशन हुने अभिव्यक्ति सभापतिजीले दिँदैआउनु भएको छ,…
-
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिबारे छलफल भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज केहीबेर चलेको सचिवालय बैठकमा रामकुमारीको विषयले प्रवेश पाएको हो । बैठक स्रोतका अनुसार अध्यक्ष माधव नेपालविरुद्ध सार्वजनिक अभिव्यक्ति दिइएकाले रामकुमारीबारे प्रशंग उठेको थियो ।…
-
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने तर्क गरेका छन् । बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्र्राष्ट्रिय प्रचलनअनुसार कानुनहरू निर्…
-
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला …
-
काठमाडौं । प्रतिपक्ष दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक शुरु भएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक, सांगठनिक विषयवस्तुहरुमा छलफल हुने उपमहासचिव मेटमणि चौधरीले बताए । पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जलि जग्गा प्रकरणको आरोप, अदाल…
-
म्याड्रिड । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न स्पष्ट आह्वान गरेका छन् । नेपाली राजदूतावास म्याड्रिडद्वारा बुधबार आयोजित लगानी प्रवर्द्धन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको अनुकूल वातावरण तयार भइसकेको जानकारी गराउँदै व्यवसायीहरूलाई नेपाल प्रवेशका ढोक…
-
म्याड्रिड | प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्। बुधबार राति म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्च निकटका कार्यकर्ताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले उक्त भनाइ र…
-
काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक आयोगमा नियुक्त गरिएका ५२ पदाधिकारीको पद रिक्त गराउन माग गर्दै दायर रिट निवेदनहरू खारेज गर्ने बहुमतीय फैसला सुनाएको छ । चार वर्षदेखि लम्बिँदै आएको यस मुद्दामा आज मध्यरातमा भएको संवैधानिक इजलासको निर्णयले पदाधिकारीहरूले अब आफ्नो कार्यकाल पूरा गर्न पाउने निश्चित भएको छ । …
-
काठमाडौँ- आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल …
-
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनीका लागि नेपाली राजदूतलाई अन्य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले जर्मनीका लागि नेपाली आवासीय राजदूत डा. शैल रुपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको …
-
काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
अमेरिकी अध्यागमनले गर्यो एकैपटक ७५ जना नेपालीलाई निष्कासन
बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति सिबिफिनको कडा आपत्ति
सामाजिक सुरक्षा कोष : उपचारदेखि निवृत्तिभरणसम्मको सुनिश्चितता
कसैलाई छुँदा करेन्ट लागे जस्तो अनुभव : किन हुन्छ यस्तो ? यसबाट कसरी बच्ने ?