७४ खर्ब ८६ अर्ब पुग्यो बैंकिङ क्षेत्रमा कुल निक्षेप
काठमाडौं । नेपालको बैंकवित्तमा ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप पुगेको छ । चालु आबको चार महिनामा ३.१ प्रतिशतले निक्षेपमा बृद्धि भएको छ । पहिलो ४ महिनामा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप रकम ३.१ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप ३.१ प्रतिशतले बृद्धि भएको हो । हाल नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरुमा गरेर ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन भएको छ ।
उता बैंकवित्तमा लगानीयोग्य रकम धेरै भएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ४ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले वाणिज्य बैंकमा ३ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ६३ करोड ६६ लाख रुपैयाँ र वित्त कम्पनीमा २१ करोड २२ लाख रुपैयाँ लगानी गर्ने जनाइएको छ ।
केन्द्रीय बैंकसँग भएको ४ अर्ब २४ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो । केन्द्रीय बैंकले पुस ४ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न बैंकहरुलाई आह्वान समेत गरेको छ।
