सोमबार २९ मंसिर, २०८२

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई पुनर्बहाली गर्न आदेश

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई पुनर्बहाली गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाले संयुक्त आदेश जारी गर्दैै नेपाल बीमा प्राधिकरणको अध्यक्षमा विवादित शरद ओझालाई पुनर्बहाली गर्न आदेश जारी गरेको छ ।

आजको बसेको इजलासमा भएको बहसपछि सुनुवाई गर्दै न्यायाधीश द्वय मुसलमान र थापाको संयुक्त इजलासले यसअघि भदौं २३ गते जारी अल्पकालिन आदेश कार्यान्वयन गरी इजलास समक्ष जानकारी गराउन सरकारका नाममा आदेश जारी गरेको हो ।

सरकारले गत असार ३० गते छानविन समिति गठन गरी सोही समितिको सिफारिसको आधारमा गत भदौं २ गते बर्खास्त गर्ने निर्णय गरेको थियो । ओझालाई बर्खास्त गरेपछि नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया समेत अघि बढिसकेको छ ।

यसअघि सरकारले ओझालाई हाजिर गर्न दिएको थिएन । अब सर्वोच्च अदालतले ओझालाई हाजिर गराई इजलास समक्ष जानकारी गराउन भनेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वयले आफ्नै अदालतमा बिचाराधिन फर्जी योग्यता सम्बन्धी मुद्दाको अन्तिम किनारा नगरी सेटिङमा उल्टै सरकारले गरेको निर्णयलाई चुनौति दिएर न्याय जस्तोपनि हुनसक्छ भन्ने सन्देश दिएको छ । जेनजी आन्दोलनपछि जलेर ध्वस्त भएपछि भवन अभावमा भइरहेको सुनुवाईमा पनि न्यायाधीशको विवेकमाथि गम्भिर र नैतिक प्रश्न उठ्ने गरी आज आदशे जारी भएको हो ।