५ महिनामा ८ खर्ब ८२ अर्बको वैदेशिक व्यापार, निर्यात १ खर्ब १६ अर्ब पुग्यो
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ बराबर वैदेशिक व्यापार भएको छ । गत आर्थिक वर्षको भन्दा २० प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षको ५ महिनामा ७ खर्ब ३५ अर्ब १४ करोड बराबर वैदेशिक व्यापार भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ६६ अर्ब १८ करोड बराबर वस्तु आयात भएको छ । निर्यात१ खर्ब १६ अर्ब ५० करोड बराबर भएको छ ।
मंसिर मसान्तसम्म व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड बराबर भएको छ । गत आर्थिक वर्षमा व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड बराबर थियो ।
