सोमबार ०७ पुस, २०८२

नागरिक लगानी कोषको लाभांश घोषणा, नगद र बोनस कति ?

नागरिक लगानी कोषको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ । 

कम्पनीको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले आम्दानी बाँडफाँट हिसाब विवरणबाट कोषका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो।

उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई कोषको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ।

1.jpg