सोमबार ०७ पुस, २०८२

चार महिनामा वाणिज्य बैंकहरुले कार्यालय संचालन खर्च वापत छुटाए ११ अर्ब ६४ करोड रूपैयाँ

चार महिनामा वाणिज्य बैंकहरुले कार्यालय संचालन खर्च वापत छुटाए ११ अर्ब ६४ करोड रूपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले कार्यालय संचालन खर्च वापत ११ अर्ब ६४ करोड ७० लाख रूपैयाँ छुटाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको कार्तिक मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुको कार्यालय संचालन खर्च वापत उक्त रकम छुटाएका हुन् ।

उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको कार्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको कार्यालय संचालन खर्च वापत ११ अर्ब ९० करोड ७० लाख रूपैयाँ छुटाएका थिए । 

कार्तिक मसान्तसम्म नेपाल बैंकले कार्यालय संचालन खर्च वापत ४२ करोड ११ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा ३.०१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले कार्यालय संचालन खर्च वापत ४० करोड ८८ लाख रूपैयाँ छुटाएको थियो । 

राष्ट्रिय वाणिज्य बैंकले कार्यालय संचालन खर्च वापत ५३ करोड ३८ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा १२.८१ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले ६१ करोड २३ लाख रूपैयाँ छुटाएको थियो । 

त्यस्तै, चालु आवको चार महिनामा नबिल बैंकले कार्यालय संचालन खर्च वापत ७६ करोड ३१ लाख रूपैयाँ छुटाएको थियो । गत आवको सोही अवधिमा बैंकले कार्यालय संचालन खर्च वापत ७७ करोड ५२ लाख रूपैयाँ छुटाएको थियो ।  

त्यसैगरि, कार्तिक मसान्तसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कार्यालय खर्च वापत ८० करोड ८७ लाख, स्ट्याण्डर्ड चाटर्ड बैंकले २१ करोड ८० लाख, हिमालयन बैंकले ६७ करोड ६९ लाख, नेपाल एसबीआई बैंकले ३५ करोड २३ लाख, एभरेष्ट बैंकले ५३ करोड ५६ लाख, एनआईसी एसिया बैंकले ७७ करोड ९७ लाख, माछापुच्छ्रे बैंकले ४१ करोड ६५ लाख, कुमारी बैंकले ५५ करोड ४२ लाख रूपैयाँ छुटाएका छन् । 

चार महिनामा लक्ष्मी सनराइज बैंकले कार्यालय संचालन खर्च वापत ८० करोड ८४ लाख, सिद्वार्थ बैंकले ७१ करोड २५ लाख, कृषि विकास बैंकले ५० करोड १२ लाख, ग्लोबल आईएमई बैंकले १ अर्ब ६ करोड ५७ लाख, सिटिजन्स बैंकले ४४ करोड ९५ लाख रूपैयाँ छुटाएका छन् । 

त्यस्तै , प्राइम बैंकले कार्यालय संचालन खर्च वापत ३४ करोड ४० लाख, एनएमबी बैंकले ५५ करोड ६४ लाख, प्रभु बैंकले ७० करोड ७ लाख र सानिमा बैंकले ४४ करोड ७८ लाख रूपैयाँ छुटाएका छन् ।