प्राइम कमर्सियल बैंकले ८ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बिहिबारबसेको सञ्चालक समितिको बैठकले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको घोषणा गरेको हो।
यो लाभांश वितरण गर्न राष्ट्र बैंकबाट स्वीकृति प्रदान गर्नुपर्ने हुन्छ । त्यस्तैगरि बैंकको साधारण सभाले पारित गर्नुपर्ने हुन्छ ।
