जेनजी आन्दोलन : २३ अर्ब ४४ करोड बीमा दाबीमा ५ अर्ब १८ करोड भुक्तानी
काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको क्षतिको भुक्तानी निरन्तर भैरहेको पाइएको छ । दाबी रकम मध्ये हालसम्म ५ अर्ब १८ करोड रुपैयाँ भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म बीमा कम्पनीहरूमा २३ अर्ब ४४ करोड रुपैयाँ बढीको दाबी परेको छ । त्यसमध्ये ५ अर्ब १८ करोड ४१ लाख रुपैयाँ भुक्तानी भएको हो ।
नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको पुस १ गतेसम्म तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ३ हजार ३ सय ४ वटा दाबीको २३ अर्ब ४४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो । हालसम्म कम्पनीहरूले ५ अर्ब १८ करोड ४१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
