सोमबार ०७ पुस, २०८२

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ८ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर रहेको छ । आगामी साधारणसभाबाट पारित भएपश्चात उक्त लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

गत वर्ष कम्पनीले ६ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर दिएको थियो । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३७ रुपैयाँ छ ।

२० प्रतिशत सर्वसाधारण र ८० प्रतिशत संस्थापक सेयर रहेको कम्पनीको चुक्ता पूँजी ६ अर्ब ४८ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी बढ्नेछ ।