एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा
काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकमा अग्रवालले राजीनामापत्र बुझाएका हुन् ।
उनको राजीनामा सोही बैठकबाट स्वीकृत गरिएको बैंकका प्रमुख सूचना अधिकृत जयन्द्र रावलले जानकारी दिए । ‘उहाँले व्यक्तिगत कारणले अध्यक्षको जिम्मेवारीमा निरन्तरता दिन नसक्ने भनेर राजीना दिनुसभएको छ, यो स्वीकृत समेत भइसकेको छ,’ उनले भने ।
उनका अनुसार अध्यक्षको राजीनामा स्वीकृत भए पनि आज अर्को अध्यक्ष नियुक्तिसम्बन्धी निर्णय भने भएन । केही दिनभित्र यसको टुंगो लाग्ने उनले बताए ।
कुनै समय आक्रामक बैंकिङको सुरुवात गरेर चर्चामा आएको बैंकले पछिल्लो समय रणनीतिक मुभ लिएको छ । यसै अन्तर्गत केही समय अघि मात्रै बैंकका प्रमुख कार्यकारी अधिकृत परिवर्तन गरेको बैंकले अहिले सञ्चालक समितिको नेतृत्व समेत परिवर्तन गरेको हो ।
