आइतबार ०६ पुस, २०८२

योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय आवश्यक : स्वामी आनन्द अरुण

योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय आवश्यक : स्वामी आनन्द अरुण

काठमाडाैँ । विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ । काठमाडौंको टुंडिखेलमा ध्यान र योग गरेर विश्व ध्यान दिवस मनाइएको हाे ।

ध्यान कार्यक्रममा बोल्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा अहिले पनि हाल पनि करिव ६० देशका मानिसहरु आएर ध्यान गर्ने गरेको बताए । ध्यान र योगको आवश्यकता नेपाल भन्दा पनि विकसित देशहरुमा रहेको उनले बताए । 

ध्यान र योगको विकासका लागि नेपाल सरकारले पनि सहयोग गर्न जरुरी रहेको उनले बताए । योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय नेपालमा आवश्यक रहेको भन्दै उनले आयुर्वेदको संवद्र्धन र ध्यानका साधकका लागि अभिभावक मन्त्रालय दिन सरकारसँग माग गरे ।

धार्मिक संस्थाको पैसामा कर नलगाउन पनि उनले माग गरे । योग र ध्यानलाई कुनै सरकारी सहयोग नमिलेको भन्दै यसबारे सोच्न सरकारसँग उनले आग्रह गरे । मुठी दानमा १५ प्रतिशत कर लाग्नु दुःखको कुरा भएको उनकाे भनाइ छ ।