संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई मसी प्रहार गरेर दुर्व्यवहार
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा.डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले ५-६ जनाको संख्यामा आएको अज्ञात समूहले नेपालमाथि कालो मसी छर्केर दुर्व्यवहार गरेको जनाएको छ ।
उपकुलपति नेपालको क्वाटरमै पुगेर उक्त समूहले कालो मसी छर्केको डीएसपी चक्र शाहले बताए । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठ, डीएसपी शाहसहितको प्रहरी टोली पुगेको छ ।
डीएसपी शाहले घटनाबारे बुझ्ने काम भइरहेको र घटना संलग्नलाई खोजेर पक्राउ गर्न प्रहरी परिचालन भइसकेको जानकारी दिए ।
दैलेखको दुल्लु स्थायी घर भएका उपकुलपति वाल्मिकी विद्यापिठमा ज्योतिषशास्त अध्यापन गर्दछन् । ज्योतिष शास्त्र अध्ययन गरेका उनी यसअघि संस्कृत विश्वविद्यालयमा परीक्षा नियन्त्रक भएर काम गरेका थिए ।
नेपाल नेपाल ज्योतिष परिषद्को वरिष्ठ सल्लाहकार तथा वाल्मिकी विद्यापीठ ज्योतिष विभाग प्रमुखको जिम्मेवारीमा थिए ।
