सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत लाभांश दिने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
करसहित ६५ करोड १५ लाख रुपैयाँ नगद लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ । हाल चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ छ ।
यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६८ रुपैयाँ हाराहारीमा छ ।
