सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा २०.२६ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८१/०८२ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार, कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १५.२६३२ प्रतिशत नगद लाभांश गरि कुल २०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
