बुधबार ०२ पुस, २०८२

३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२१ घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतको २३ असार २०८१ को फैसला अनुसार अनुसार उनलाई ५ दिन कैद र ३६ लाख जरिवानाको फैसला भएको थियो ।

स्वयम्भूबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर  कारागार चलान गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।