वैदेशिक रोजगारीमा जानेका लागि लाइसेन्स छपाइ
काठमाडौँ । यातायात व्यवस्था विभागले हालसम्म पाँच हजार सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापिएको जानकारी दिएको छ ।
विभागका निर्देशक केशव खतिवडाले सुरक्षण मुद्रण केन्द्रमा विभागबाट ७ हजार लाइसेन्सको डेटा उपलब्ध गराएकोमा उक्त परिमाणमा सवारी लाइसेन्स छापिएको जानकारी दिएका हुन्
निर्देशक खतिवडाले भने, ‘हामीले ७ हजार डेटा उपलब्ध गराएका थियौँ । त्यसमध्ये ५ हजार छापिएर आइसकेका छन् । ती लाइसेन्स वितरणका क्रममा छन् ।’
गत कात्तिक २१ गते काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी लाइसेन्स छपाइ सुरु भएको थियो ।
त्यसयता उक्त परिमाणमा लाइसेन्स छपाइ भएको हो । विभागका अनुसार हाल वैदेशिक रोजगारीमा जाने श्रमिक तथा विद्यार्थीहरूका लागि अत्यावश्यक भएको सवारी लाइसेन्स छापिँदै आएको छ ।
