मंगलबार ०१ पुस, २०८२

गोदरेजको ४ वर्षे व्यापक वारेन्टी : गोदरेजसँग मात्र

गोदरेजको ४ वर्षे व्यापक वारेन्टी : गोदरेजसँग मात्र

काठमाडौं ।  गोदरेज अप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वाशिङ मेसिनहरूमा लागू गरिएको ४ वर्षे व्यापक वारेन्टीलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

‘गोदरेजसँग मात्र’ ट्यागलाइनसहित सुरु गरिएको यो व्यापक वारेन्टी सुविधाले वाशिङ मेसिन श्रेणीमा गोदरेजलाई उपभोक्ताको विश्वासको नयाँ मापदण्डका रूपमा स्थापित गरेको छ । 

गोदरेजले वाशिङ मेसिनहरूमा ४ वर्षको व्यापक वारेन्टीसँगै १० वर्षको मोटर वारन्टी प्रदान गर्दै मर्मत, पार्ट्स र सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन निश्चिन्तता दिएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यी वाशिङ मेसिनहरू ‘एआई-संचालित टर्बिडिटी सेन्सिङ’ प्रविधिसहित डिजाइन गरिएका छन् । यस प्रविधिले पानीमा रहेको डिटर्जेन्टलाई आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ । यसले १५० प्रतिशतसम्म बढी रिन्सिङ प्रभावकारिता प्रदान गर्दै, सामान्य रिन्सिङ साइकलको तुलनामा ५० प्रतिशतसम्म बढी कडा डिटर्जेन्ट हटाउन सक्षम बनाउँछ ।

कम्पनीका अनुसार यी वाशिङ मेसिनहरू इओन रेगालिस सिरिजअन्तर्गत ८  केजी र ९ केजी क्षमता (म्याट ब्ल्याक र रोज गोल्ड रङमा) नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध छन् ।