सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घटेको छ ।
सोमबार तोलामा २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर २ लाख ५९ हजार रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बढेको छ ।
सोमबार तोलामा ३ हजार ८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको हो ।
