मंगलबार ०१ पुस, २०८२

ऋणको मासिक किस्ता घटाउन सकिने

ऋणको मासिक किस्ता घटाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको मासिक किस्ता हेरफेर गर्न सकिने व्यवस्था गरको छ । ऋणीले आफ्नो आम्दानी घटेको छ भन्ने पुष्टि गरेर बैंकमा निवेदन दिएमा वर्षमा एक पल्ट किस्ताको रकम हेरफेर गर्न सक्ने व्यवस्था गरिएको हो । 

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सर्कुलर जारी गर्र्दै यस अघि किस्ता घटउन नपाइने व्यवस्थालाई संशोधन गरिएको जानाकारी दिएको छ । 

राष्ट्र बैंकले सर्कुलरमा ब्याजदर परिवर्तन भई किस्ता रकम परिवर्तन हुने अवस्थामा सम्बन्धित ऋणीले लिखित अनुरोध गरेमा ऋणीको आम्दानी समेत विश्लेषण गरी बढीमा वर्षको एकपटक किस्ता रकम परिवर्तन भएमा किस्ताको रकम थपघट गर्न पाइने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकले ‘किस्तावन्दी वा सम–मासिक किस्ता (ईएमआई) मा प्रदान गरिएका कर्जाको हकमा कर्जाको साँवा तथा ब्याज नियमित रहेको अवस्थामा देहायको कर्जा पुनरसंरचना ररवा पुनरतालिकीकरण सरह थप नोक्सानी व्यवस्था कायम गर्नु नगर्न उल्लेख छ ।