मंगलबार ०१ पुस, २०८२

राम्रो धितोमा ‘आँखा लगाउने’ प्रवृत्तिमा राष्ट्र बैंकको कडाइ

राम्रो धितोमा ‘आँखा लगाउने’ प्रवृत्तिमा राष्ट्र बैंकको कडाइ

काठमाडौँ । राम्रो धितो आफैँले सकारेर अनुचित फाइदा लिने केही बैंकको प्रवृत्तिमाथि राष्ट्र बैंकले कडाइ गरेको छ । बैंकले एकीकृत निर्देशन संशोधन गर्दै धितो सकार गर्नुअघि धितो बिक्रीका लागि अधिकतम पहल गर्नुपर्ने व्यवस्था गरेको हो । 

यसअघि बैंकहरूको कर्जा असुल नभएमा उक्त धितो एकपटक लिलामी गर्दा बिक्री नभएमा सकार गर्नसक्ने व्यवस्था थियो । परिवर्तित व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कुनै पनि ऋणीको सम्पत्ति आफैँ सकार गर्नुअघि कम्तीमा ३ पटक लिलामी गर्नुपर्ने व्यवस्था गरिएको छ । 

तर, यसरी सकार गरिएको धितो बापतको रकमबापत कर्जा नोक्सानी व्यवस्थामा भने खुकुलो प्रावधान राखिएको छ । यसअघि सकार गरेको गैर बैंकिङ्ग सम्पत्तिमा सकार गरेकै मितिदेखि शतप्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्था अब हटाइएको छ ।