मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प, पश्चिम नेपालमा भूकम्पको क्रम जारी
काठमाडौँ । मनाङ जिल्ला केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार १२ बजेर ५४ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु जिल्लाको थोचे आसपास रहेको थियो । भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ ।
पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पहरू गइरहेका छन् । गत २३ गते दार्चुलामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने २२ गते बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
