बिहीबार ०३ पुस, २०८२

सञ्चार मन्त्रालयमा सूचीकृत भयो हाम्रो पात्रो

सञ्चार मन्त्रालयमा सूचीकृत भयो हाम्रो पात्रो

काठमाडौं । सामाजिक सञ्जालहरूको सूचीमा हाम्रो पात्रो सूचीकृत भएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा शुक्रबार हाम्रो पात्रोले आफ्नो एप्स सूचीकृत गरेको हो ।

मन्त्रालय स्रोतले हाम्रो पात्रो सूचीकृत भएको जानकारी दिएको छ ।

हिजोमात्रै सरकारले विभिन्न २६ वटा सामाजिक सञ्जालहरू सूचीकृत नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो ।

धेरै प्रयोगमा आउने फेसबुक भने हिजोबाटै केही इन्टरनेट सेवा प्रदायकहरूले चल्न रोक लगाएका थिए ।

सरकारको यो निर्णयको धेरैले विरोध गरिरहेका छन् भने केहीले स्वागत पनि गरेका छन् ।