बिहीबार ०३ पुस, २०८२

प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सोमबार चीनको थियानजिनमा दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली शनिबारदेखि चीन भ्रमणमा छन् ।

उनले हिजै चीनका राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गरेका थिए ।