कैलालीको खुटिया नदीमा डुबेर चार किशोर बेपत्ता
धनगढी । कैलालीको खुटिया नदीमा डुबेर चार जना बेपत्ता भएका छन् ।
गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले बताए ।
उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए भने अन्य तीन जनाको सकुशल उद्धार गरिएको छ ।
नदीमा बेपत्ता भएका किशोरहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) सिंहले बताए ।
