दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) को रिक्त रहेको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले आज आइतबार एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने जनाएको हो । सूचनाअनुसार, योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आजको मितिले २१ दिनभित्र अर्थात् भदौ २१ गतेभित्र आफ्नो आवेदन पेश गरिसक्नुपर्नेछ ।
आवेदन फारम मन्त्रालयको सिंहदरबारस्थित कर्मचारी प्रशासन शाखा (बोर्डरसंस्थान डेस्क) मा गोप्य सिलबन्दी गरी कार्यालय समयभित्र बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
महाप्रबन्धक पदका लागि एक जनाको माग गरिएको छ । यदि दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
शैक्षिक योग्यताका हकमा प्रशासन, व्यवस्थापन वा नुकान विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने छ । उमेर ३० वर्ष पूरा भई ६० ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
