शुक्रबार ०४ पुस, २०८२

बागमतीमा कांग्रेसबाट पाँच मन्त्री नियुक्त हुँदै, आजै शपथ

बागमतीमा कांग्रेसबाट पाँच मन्त्री नियुक्त हुँदै, आजै शपथ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सरकार विस्तारको तयारी गरेका छन् ।

नेपाली कांग्रेस र  नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्मा रिक्त पाँच मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

२० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन आफ्नोसँगै एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर सपथ गराएका थिए ।

कांग्रेस र एमालेबीच भएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले अब ५ वटा मन्त्रालय लिन बाँकी रहेको हो । जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन् ।