जुवातास खेलेको आरोपमा ५ जना समातिए
काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंबाट पाँच जना पक्राउ परेका छन् ।
तारकेश्वर नगरपालिका–२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका–१ घर भएका ३२ वर्षी विशाल तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
