शनिबार ०५ पुस, २०८२

प्रीति राई जोर्डनी क्लबमा अनुबन्धित

प्रीति राई जोर्डनी क्लबमा अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राई जोर्डनको इतिहाद क्लबमा अनुबन्ध भएकी छन् ।

कम उमेरमै आफ्नो खेलकुद यात्रामा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएकी प्रीतिले घरेलु टोली एपीएफ क्लबबाट करिअर सुरु गरेकी थिइन्।

सन् २०२३ मा उनले भारतको किकस्टार्ट एफसीमा खेलेर अन्तर्राष्ट्रिय अनुभव बटुलेकी थिइन्। अब उनले जोर्डनको इतिहाद क्लबमा अनुबन्धित हुँदै आफ्नो व्यवसायिक करिअरको नयाँ अध्याय सुरु गरेकी हुन्।

प्रीतिले २०२१ मा मात्र १६ वर्षको उमेरमा नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी थिइन्।

डेब्यू खेलमै बंगलादेशविरुद्ध शानदार गोल गर्दै ‘प्लेयर अफ द म्याच’ बन्न सफल भएकी उनी त्यसै खेलको प्रदर्शनबाट नेपालको क्षेत्रीय फाइनल प्रवेशमा महत्वपूर्ण योगदानकर्तामध्ये एक बनिन्।