शनिबार ०५ पुस, २०८२

सरकारले सोध्यो कान्छारामसहित दुई दर्जन ठेकेदार कम्पनीसँग स्पष्टीकरण

सरकारले सोध्यो कान्छारामसहित दुई दर्जन ठेकेदार कम्पनीसँग स्पष्टीकरण

काठमाडौं । कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएपछि सरकारले सात दिने स्पष्टीकरण मागेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुरुमा ३० दिनको म्याद दिएर स्पष्टीकरण माग्दा पनि नबुझाएका कम्पनीहरुको सूची सार्वजनिक गर्दै ती कम्पनीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन मौका दिएको हो ।

स्पष्टीकरण चित्तबुझ्दो नभए कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनिक खरिदका कुनै पनि प्रक्रियामा भाग लिन पाइँदैन ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सम्बन्धित कार्यालयले कालोसूचीमा राख्न भनेर सिफारिस गरेकाले सातदिने स्पष्टीकरण मागिएको हो ।

यी हुन् सातदिने स्पष्टीकरण सोधिएका कम्पनीहरु

सडक डिभिजन नुवाकोटबाट मात्रै ६ वटा कम्पनीहरुलाई कालोसूचीमा राख्न सिफारिस भएको छ । ती कम्पनीहरुमा टेम्पा नुर्बु तामाङ मुख्य व्यक्ति रहेको गरिबी उद्धार ज्ञानेन्द्र घले एण्ड कुमार निर्माण सेवा, रेव कुमार पौडेल मुख्य व्यक्ति रहेको गौरीगाई निर्माण सेवा, राजु तितुङ तामाङ मुख्य व्यक्ति भएको लोबेन निर्माण सेवा, नबिन घले मुख्य व्यक्ति भएको मनकामना कन्स्ट्रक्सन प्रालि, सानुमाया लामा मुख्य व्यक्ति भएको शिलाकन्या देवी कन्स्ट्रक्सन प्रालि र गोसबहादुर तामाङ मुख्य व्यक्ति भएको लाङलाङरमानेज्यार्सा जेभी छन् ।

चितवनको भरतपुर महानगरपालिकाबाट कालोसूचीमा राख्न सिफारिस भएको रामशरण बुढाथोकी र ज्ञानुप्रसाद चौलागाई मुख्य व्यक्ति रहेको एमएस वर्ल्ड वाइड धुलिखेल जेभी बानेश्वरसँग पनि सात दिने स्पष्टीकरण सोधिएको छ ।

सडक डिभिजन इलामको सिफारिसमा तिमल्सेना निर्माण सेवा पाँचथरलाई पनि सातदिने स्पष्टीकरण सोधिएको छ । यो कम्पनीको मुख्य व्यक्ति सुदन अधिकारी हुन् ।

यस्तै तेजबहादुर लिम्बु मुख्य व्यक्ति भएको आरटी निर्माण सेवा सुनसरी, मैना शाही मुख्य व्यक्ति भएको विनम्र निर्माण सेवा सुर्खेत, राकेशप्रसाद जायसवाल मुख्य व्यक्ति भएको जायसवाल कन्स्ट्रक्सन धनुषा, कुवेर लम्साल मुख्य व्यक्ति भएको तुल्सी इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि काठमाडौं, राजेश कुमार कुँवर मुख्य व्यक्ति भएको वाई पीरविकास एण्ड ब्रदर्शरआत्रेय जेभी काठमाडौं, रामकुमार थापा मुख्य व्यक्ति भएको लोहनीरआत्रेय जेभी शंखमुल काठमाडौं पनि कालोसूचीमा राख्न सिफारिस भएकाले सात दिने स्पष्टीकरण मागिएको छ ।

रमेश आचार्य मुख्य व्यक्ति भएको र बूढानीलकण्ठ नगरपालिका १० काठमाडौं ठेगाना भएको मेडिवेल फार्मेसी प्रालिसँग पनि सातदिने स्पष्टीकरण सोधिएको छ । यो कम्पनीलाई कालोसूचीमा राख्न भनेर शिवालय गाउँपालिकाको कार्यालय जाजरकोटले सिफारिस गरेको छ ।

नेपाल वायु सेवा निगमको साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागले कालोसूचीमा राख्न सिफारिस गरेको प्राप्ती इन्टरप्राइजेज काठमाडौंसँग पनि स्पष्टीकरण सोधिएको छ । यसको मुख्य व्यक्ति जीना थापा हुन् ।

यस्तै खड्गप्रसाद अमगाई मुख्य व्यक्ति भएको अनिवार्य बिल्डर्स प्रालिसँग पनि स्पष्टीकरण सोधिएको छ ।

कालोसूचीमा राख्न सिफारिस भई सात दिने स्पष्टीकरण सोधिएका कम्पनीहरुमा चिनियाँ कम्पनीहरु समेत छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयको सिफारिसमा एमरएस जिन्यु टेक्नोलोजिज र शहरी विकास मन्त्रालयको ग्रामिण सडक सन्जाल सुधार आयोजनाको सिफारिसमा एमरएस छोङछिङ इन्टरनेसनल कन्स्ट्रक्सनसँग पनि स्पष्टीकरण सोधिएको छ ।

ग्रामिण सडक सन्जाल सुधार आयोजना ललितपुरकै सिफारिसमा पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङकाृे कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनीसँग पनि सात दिने स्पष्टीकरण मागिएको छ ।

यस्तै ओमप्रकाश यादव मुख्य व्यक्ति भएको दिनकर कन्स्ट्रक्सन प्रालि, ध्रुवप्रसाद भट्टराई मुख्य व्यक्ति भएको न्यू डिपी निर्माण सेवा काठमाडौं र तुल्सीराम कोजी मुख्य व्यक्ति भएको कोजु इन्जिनियरिङ एण्ड बिल्डर्स काठमाडौंसँग पनि सात दिने स्पष्टीकरण सोधिएको छ ।