शनिबार ०५ पुस, २०८२

लिङ्देन पक्षको बैठक बत्तिसपुतलीमा जारी, असन्तुष्ट पक्षलाई बोलाइएन

लिङ्देन पक्षको बैठक बत्तिसपुतलीमा जारी, असन्तुष्ट पक्षलाई बोलाइएन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापन पक्षको बैठक जारी रहेको छ । बत्तिसपुतलीस्थित होटल तपसमा अध्यक्ष राजेन्द्र लिङ्देन पक्षको बैठक बसिरहेको छ ।

अध्यक्ष लिङ्देनका निर्णय विरुद्ध अर्को पक्षको बैठक बस्ने तथा पटक पटक विज्ञप्ति निकाल्न थालेपछि संस्थापन पक्ष पनि छलफलमा जुटेको हो । महामन्त्री डा.धवलशमसेर राणाको नेतृत्वमा असन्तुष्ट पक्षको बैठक बस्दै आएको छ ।

लिङ्देन पक्षले आव्हान गरेको बैठकमा असन्तुष्ट नेताहरुलाई बोलाइएको छैन । संस्थापनइतरका एक नेताले भने,‘बैठक बसिरहेको भन्ने सुनेका छौं । हामीलाई खबर गरिएको छैन ।’

मुकुन्दश्याम गिरी, नवराज सुवेदी, सगुन लावती, धनसुर शाहीलगायतलाई अध्यक्ष लिङ्देनले पदमुक्त गरेपछि पार्टीभित्र विवाद बढ्दै गएको छ ।