शनिबार ०५ पुस, २०८२

संसद्‌मा प्रतिनिधित्व गर्ने काँग्रेस-एमाले बाहेकका दलको छलफल

संसद्‌मा प्रतिनिधित्व गर्ने काँग्रेस-एमाले बाहेकका दलको छलफल

काठमाडौं । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका दलहरूको छलफल चलिरहेको छ ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक चलिरहेको हो ।

बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकको सञ्चालन गर्दै ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’का प्रावधानहरु वर्तमान संविधान, ऐन र कानुनभन्दा विपरीत रहेकाले त्यसबारे छलफल गरी साझा धारणा बनाउन आवश्यक रहेकाले बैठक बोलाइएको जानकारी गराएका छन् ।