शनिबार ०५ पुस, २०८२

गुल्मीमा डहरे खोलाले बगायो कार

गुल्मीमा डहरे खोलाले बगायो कार

गुल्मी । अविरल वर्षासँगै आएको भेलले गुल्मीको डहरे खोलाले कार बगाएको छ । सत्यवती गाउँपालिका वडानम्बर–६ उर्लीखोला स्थित डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ जाँदै गरेको बीएए००१७ नम्बरको कार बगाएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ११:४५ बजेको समयमा डहरे खोलाले बगाएर कार ५० मिटर तल पुर्‍याएको थियो । स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खोलाले बगाउँदा कारमा क्षति पुगे पनि मानविय क्षति भने नभएको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । पक्की पुलको अभावले यस क्षेत्रका नागरिकले वषौंदेखि सास्ती खेप्दै आएका छन् ।

आइतबारदेखि गुल्मी लगायतका ठाउँमा निरन्तर वर्षा भइरहेको छ । वर्षातले डहरे खोलामा पानीको बहाव बढेकोले सडक अवरुद्ध हुँदै आएको थियो । डहरे खोला हुँदै वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुटने सावरीसाधनहरू वर्षातको समयमा खोला बढ्दा बाटोमै घण्टौं कुरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

रिडीदेखि वामिटक्सार सम्मको सडक अन्तर्गत चार स्थामा पक्की नहुँदा वर्षातको समयमा सवारी साधनहरूले सास्ती खेप्दै आएको छ । सडक सुचारु भएको वषौं बित्दा समेत डहरे खोलामा पुल नहुँदा खोला तर्ने क्रममा सवारीसाधनहरू बगाउने समेत गरेको छ ।