शनिबार ०५ पुस, २०८२

पहिलो एक घण्टामा २६ अंक घट्यो सेयर बजार, ३ अर्बको कारोबार

पहिलो एक घण्टामा २६ अंक घट्यो सेयर बजार, ३ अर्बको कारोबार

काठमाडौं । सेयर बजार खुलेको पहिलो एक घण्टामा नेप्से परिसूचक २६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८९५ अंकमा छ ।

३ अर्ब २१ करोडको कारोबार भएको छ । ५१ कम्पनीको मूल्य बढ्दा १९४ को घटेको छ । फाइनान्स बाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स ०.१८ प्रतिशत बढेको छ ।

बैंकिङ, अन्य, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह धेरै घटेका छन् । दुई कम्पनी ट्रेड टावर र शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । नेपाल फाइनान्स ४.८, बुटवल पावरको ३.११ प्रतिशत मूल्य बढेको छ ।

यतिबेलासम्म धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, मन्दाकिनी हाइड्रोपावर, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी छन् ।