बहुविवाहको कानुन ल्याउन लागेको भन्दै बिनु यादवको आमरण अनसन
काठमाडौं। सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्दै उक्त कानुन खारेजीविरूद्ध बिनु यादवले माइतीघरमा आमरण असन सुरू गरेकी छिन् ।
आफ्नै प्रेमिबाट बलात्कृत भएको भन्दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी बिनु यादवले माइतीघरमा बहुविवाह विरूद्ध सेतो सारी लगाएर आमरण अनसन बसेकी हुन् ।
प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी उनी कतैबाट न्याय पाउन नसकेकी उनी बहुविवाह गर्न पाउने कानुन ल्याउने सरकारको तयारीप्रति विरो जनाउँदै सडकमा अनसनमा बसेकी हुन् । यसअघि उनी पटक-पटक माइतीघरमा अनसन बसिसकेकी छिन् ।
आफ्नै प्रेमिबाट बलात्कृत भएको उजुरी लिएर उनी २९ वैशाख ०७५ कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् बिनु । यहाँबाट सुरु भएको उनको न्याय यात्रा अझै टुंगिएको छैन ।
२५ मंसिर ०७६ मा भद्रकाली मन्दिरमा प्रदीप र बिनुको विवाह भएको थियो । त्यसपछि रामेछापस्थित श्रीमानको घर गएपछि उनीमाथि निरन्तर हिंसा भएको बिनुको भनाइ छ । ‘जर्बजस्ती गर्भपतनसमेत गर्न लगाए’, उनी सुनाउँछिन्, ‘मेरा हातखुट्टा बाँधेर जबर्जस्ती गर्भपतनको औषधि समेत खुवाए ।’ घरेलु हिंसा असह्य भइरहँदा काका ससुरा नाता पर्ने पवन कठायतले नै आफूमाथि जर्बजस्ती करणीको प्रयास गरेको उनको भनाइ छ ।
७ असोज ०७७ मा बिनुविरुद्ध श्रीमान् प्रदीपले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरे । ७ वैशाख ०७९ मा रामेछाप जिल्ला अदालतका न्यायाधीश बद्रिप्रसाद ओलीको इजलासले सम्बन्ध विच्छेद हुने फैसला गर्यो ।
फैसलाको दिन बिनुले अदालतमै विष पिएकी थिइन् । काका ससुराले आफूमाथि जर्बजस्ती करणीको प्रयास गरेको भन्दै अदालत पुगेकी थिइन्।
