उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
कटारी । उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको हो ।
