शनिबार ०५ पुस, २०८२

१२ करोड ठगीका अभियुक्त पक्राउ

१२ करोड ठगीका अभियुक्त पक्राउ

काठमाडौं । १२ करोड रुपैयाँ भन्दा बढी ठगीका एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–५ घर भएका ४२ वर्षीय सविन उप्रेती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनी सहकारी ऐनअन्तर्गतको ठगीका अभियुक्त रहेको प्रहरीले बताएको छ । उनले १२ करोड २ लाख ३४० रुपैयाँ ठगी गरेको प्रहरीले बताए ।

उनी भक्तपुरको दधिकोटबाट पक्राउ परेका हुन् ।