शनिबार ०५ पुस, २०८२

सुनको भाउ तोलामा १४ सय बढ्यो

सुनको भाउ तोलामा १४ सय बढ्यो

काठमाडौं । बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार रुपैयाँ थियो । एक साताअघि साउन ७ गते सुन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३०० रुपैयाँ रहेको चाँदी आज २३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।