आइतबार ०६ पुस, २०८२

यातायात कार्यालय वीरगञ्जको राजस्व संकलन १ अर्ब ६२ करोड

यातायात कार्यालय वीरगञ्जको राजस्व संकलन १ अर्ब ६२ करोड

काठमाडौं । यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८१/८२ मा कुल १ अर्ब ६२ करोड ४० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख कुसेश्वर साहका अनुसार आर्थिक वर्ष २०८०/८१ कुल १ अर्ब ५२ करोड ५१ लाख राजस्व संकलन भएको थियो ।

साहका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी १ अर्ब २२ करोड १९ लाख ९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ३२ करोड १६ लाख १६ हजार रुपैयाँभन्दा बढी संकलन भएको छ।

रुट परमिट, पाटके, प्रदूषण तर्फबाट पनि ८ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको साहले जानकारी दिए ।

यसैगरी प्रशासनिक दण्ड, जरिवाना र जफतबाट भने १४ हजार ५ सय रुपैयाँ संकलन भएको छ ।

कार्यालयका सहायक शाखा अधिकृत रामसुन्दर महतोका अनुसार प्रदेश सरकारले सवारी नवीकरणमा जरिबाना छुट सुविधा दिँदा बक्यौता कर बुझाउनेको संख्या बढ्दा अघिल्लो वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको हो ।