शनिबार ०५ पुस, २०८२

बागमती सरकारका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

बागमती सरकारका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

हेटाैंडा । बागमती प्रदेश सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् ।

खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले आज साेमबार साँझ कांग्रेस संसदीय दलकाे कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा बुझाएका हुन् ।

खड्काले राजीनामा दिएसँगै लामाविरूद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदकाे संख्या २२ पुगेकाे छ ।

यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए । उनीहरूले राजीनामा दिए पनि साेही दिन साँझ मुख्यमन्त्री लामाले पदमुक्त भएकाे पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटालाई पठाएका थिए ।

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा आफ्नै २१ जना सांसदकाे अविश्वास प्रस्तावकाे सामना गरिरहेका छन् । कांग्रेस संसदीय दलभित्रकाे विवाद समाधानका लागि पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले साेमबार मध्याह्नदेखि नै लामा र सांसद इन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरिरहेका छन् ।

कांग्रेस संसदीय दलकाे १ बजेका लागि बाेलाइएकाे बैठक ४ बजेसम्म बस्न सकेकाे थिएन ।