बागमतीको विवाद सभापति देउवाले मिलाउनुपर्छ : सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद सभापति शेरबहादुर देउवाले बोलाएर मिलाउनु पर्ने बताएका छन् ।
आइतबार पत्र कारहरूसँग कुरा गर्दै सिटौलाले सकभर प्रदेशको विवाद प्रदेश संसदीय दलले मिलाउनुपर्ने मान्यता आफ्नो रहेको बताए । अविश्वासको मत दर्ता हुने अवस्था पार्टी भित्र आउनु दुखद रहेको उनको भनाइ छ ।
प्रदेश संसदीय दलले मिलाउन नसके सभापतिले सबैलाई बोलाएर मिलाउनु पर्ने उनको भनाइ छ ।
