शनिबार ०५ पुस, २०८२

कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : कांग्रेस नेता सिटौला

कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : कांग्रेस नेता  सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन आगामी २०८३ साल दसैँको सेरोफेरोमा हुने बताएका छन् । 

आइतबार पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले भने, ‘महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ अहिले हुँदैन ।’ उनले कांग्रेसको महाधिवेशन नवौँदेखि आजसम्म पाँच वर्षमै भएको भन्दै अब १५ औँ महाधिवेशन पनि पाँच वर्षमै हुने बताए । 

‘चार वर्षको कार्यकालमा १ वर्ष म्याद थप्न पाइन्छ । चार वर्ष अबको मङ्सिरमा पुरा हुन्छ । अहिलेसम्म क्रियाशील सदस्यता टुंगिसकेको छैन त्यसका लागि असोज मसान्त तोकेका छौ’, सिटौलाले भने, ‘८३ को मङ्सिरभन्दा उता लैजानुहुँदैन । गर्नुपर्छ ।’