शनिबार ०५ पुस, २०८२

संसदीय समितिको उच्च प्राथमिकतामा भूमि विधेयक

संसदीय समितिको उच्च प्राथमिकतामा भूमि विधेयक

काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकलाई संसदीय समितिले उच्च प्राथमिकतामा राखेको छ । दफावार छलफलका लागि आए लगत्तै छलफल अगाडि बढाएको छ ।

गत बिहीबार प्रतिनिधि सभाले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसदीय समितिमा पठाएको थियो । लगत्तै प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयकमाथि छलफल राखेको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरुसँग छलफल’ गर्ने कार्यसूची छ ।

यो विधेयकमा ५५ वटा संशोधन परेको छ ।