शनिबार ०५ पुस, २०८२

बागमतीमा कांग्रेसको संसदीय दलको नेता परिवर्तन गर्ने तयारी

बागमतीमा कांग्रेसको संसदीय दलको नेता परिवर्तन गर्ने तयारी

काठमाडौं । बागमती प्रदेशमामा नेपाली कांग्रेसको संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास गरिएको छ ।

संसदीय दलका नेता रहेका बहादुर सिंह लामालाई हटाउनका लागि दबाब दिने उद्देश्यले चारमन्त्री शुक्रबार राजीनामा दिएका छन् ।

युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

संसदीय दलको नेताबाट हटाएर उनलाई मुख्यमन्त्रीबाट समेत पदमुक्त गर्ने गरी पहल समेत सुरु भएको छ ।

बागमती प्रदेशका पार्टी सभापति समेत रहेका इन्द्र बानियाँले संसदीय दलको नेताप्रति सांसदहरुले असन्तुष्ट रहेको जानकारी गराए ।

बानियाँले भने, ‘हिजो उहाँ राजीनामा गर्न तयार हुनुहुन्थ्यो । आज राजीनामा नदिने जस्तो गर्नुभयो ।’

संसदीय दलको नेता परिवर्तन गर्ने गरी अघि बढेको बानियाँले बताए । पार्टीभित्र बानियाँ र लामा दुवै संस्थापन पक्षका हुन् ।

१३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बागमती प्रदेश सभापति बानियाँ लामासँग ५ मतले पराजित भएका थिए ।