शनिबार ०५ पुस, २०८२

सामसुङ ग्यालेक्सी M36 5G सार्वजनिक : एडभान्स्ड AI, आकर्षक डिजाइन र उत्कृष्ट पर्फर्मेन्स

सामसुङ ग्यालेक्सी M36 5G सार्वजनिक : एडभान्स्ड AI, आकर्षक डिजाइन र उत्कृष्ट पर्फर्मेन्स

काठमाडौं, साउन ८ – नेपालकै भरपर्दो स्मार्टफोन ब्रान्ड सामसुङले आफ्नो लोकप्रिय Galaxy M सिरिज अन्तर्गत नयाँ Galaxy M36 5G नेपाली बजारमा ल्याएको छ। देशभरका अधिकृत खुद्रा विक्रेतामार्फतयो फोन Velvet Black र Serene Green दुई रंगमा उपलब्ध हुनेछ ।

स्टोरेज विकल्पहरू:
८ जीबी + १२८ जीबी: मूल्य रु ३६,९९९

८ जीबी + २५६ जीबी: मूल्य रु ४१,९९९

Galaxy M36 5G का मुख्य विशेषताहरू:

🔹 AI प्रविधिको सहज अनुभव

Google सँगको Circle to Search र Gemini Live जस्ता विशेषताले एआई अनुभव सहज बनाउँछन्। छवि चिन्ने वा वास्तविक समय कुराकानी गर्न सकिने एआई सहायकले फोन प्रयोग अझै रमाइलो बनाउँछ।

🔹 मोनस्टर मजबुती र स्टाइलिश डिजाइन

केवल ७.७ मिमी पातलो, Corning® Gorilla® Glass Victus®+ ले सुरक्षित गरिएको। ६.७ इन्चको FHD+ Super AMOLED डिस्प्ले, 120Hz Refresh Rate र Vision Booster सहित – जुन सूर्यको उज्यालोमा पनि स्पष्ट देखिन्छ।

🔹 उत्कृष्ट क्यामेरा क्षमताहरू

५० मेगापिक्सेल OIS ट्रिपल क्यामेरा, कम प्रकाशमा पनि स्थिर भिडियो र जीवन्त फोटोहरू। Auto Night Mode र Nightography, साथै अगाडि र पछाडि दुवै क्यामरामा 4K भिडियो रेकर्डिङ। Photo Remaster र Object Eraser जस्ता एडिट टुलहरू पनि समावेश।

🔹 मोनस्टर प्रदर्शन

Exynos 1380 (5nm) प्रोसेसरसहित, गेमिङ र मल्टिटास्किङका लागि उपयुक्त। Vapor Cooling Chamber ले ताप नियन्त्रण गर्छ। 5000mAh ब्याट्री र 25W फास्ट चार्जिङ सहित।

🔹 दीर्घकालीन सफ्टवेयर र सुरक्षा

६ वर्षको सुरक्षा अपडेट र ६ पुस्ताको Android अपग्रेड। One UI 7 मा क्लिन इन्टरफेस, नयाँ विजेट, र Now Bar सुविधासहित। Samsung Knox Vault ले थप सुरक्षा सुनिश्चित गर्छ।

उपलब्धता:

Galaxy M36 5G जुलाई २४, २०२५ (साउन ८, २०८२) देखि नेपालभरका सामसुङ अधिकृत खुद्रा स्टोरहरूमा उपलब्ध हुनेछ।