आइतबार ०६ पुस, २०८२

आरोपीको तस्वीर सार्वजनिक नगर्न प्रहरी कार्यालयलाई हेडक्वाटरको परिपत्र

आरोपीको तस्वीर सार्वजनिक नगर्न प्रहरी कार्यालयलाई हेडक्वाटरको परिपत्र

काठमाडौं । आरोपीहरुको तस्वीर तथा भिडियोहरु सार्वजनिक नगर्न प्रहरी कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको छ ।

५ साउनमा प्रहरी कार्यालयहरुलाई परिपत्र गर्दै प्रेस मिट गर्दा वा सञ्चार माध्यम सूचना मेल गर्दा पनि पक्राउ परेका आरोपीहरुको कुनै पनि तस्वीर तथा भिडियो सार्वजनिक नगर्न भनिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि आरोपीको तस्वीर र भिडियोहरु सार्वजनिक नगर्न भन्दै परिपत्र गरिएको पुष्टि गरे ।

उनका अनुसार महान्यायाधीवक्ता कार्यालयको तस्वीर, भिडियोहरु सार्वजनिक नगर्न भन्दै प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेपछि यस्तो निर्णय गरिएको हो ।

१९ असारमा महान्यायाधीवक्ता कार्यालयले आरोपितहरुको तस्वीर र भिडियो सार्वजनिक गर्न नहुने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयलाई गराइएको थियो ।

जसकारण अबदेखि भने आरोपीको तस्वीर, भिडियोहरु सार्वजनिक नहुने भएको छ ।

यद्यपी कुनै ठूलो जघन्य अपराधमा संलग्नल रहेको र त्यस्ता व्यक्तिको तस्वीर, भिडियो सार्वजनिक नगर्दा समाजलाई थप क्षति तथा हानी हुने अवस्थामा भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृती लिएर सार्वजनिक गर्न सकिने पनि उल्लेख छ ।