शनिबार ०५ पुस, २०८२

हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्ने भारतीय तीर्थयात्री ह्वात्तै बढे

हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्ने भारतीय तीर्थयात्री ह्वात्तै बढे

हुम्ला । कोरोना महामारीले बन्द हुम्लाको हिल्सा नाका पछिल्लो चीनले मानसरोवर कैलाश खुलेपछि दर्शन गर्न भारतीय तीर्थयात्री हवात्तै बढेको छ।

गत ०८१ सालको चैत महिनादेखि हालसम्म नेपालगञ्ज विमानस्थलबाट सिमकोट विमानस्थल हुँदै हिल्सा नाकाबाट चिनको मानसरोवर कैलाश दर्शन गर्न भारतीय तीर्थयात्री संख्या बढेको हो ।

गत चैत महिनाबाट हालसम्म १३ सय ५ जना पुरूष, १२ सय ७३ जना महिला भारतीय तीर्थयात्री र अन्य मुलुकबाट १५९ जना पुरूष, १३२ जना महिला गरी २८ सय ६९ चिनको मानसरोवर कैलाश दर्शन गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सिमकोट विमानस्थलबाट हिल्सा नाकासम्म ७६४ जना महिला, ८०६ जना पुरूष भारतीय तीर्थयात्री र अन्य मुलुक ७९ जना महिला र ६५ जना पुरूष गरि १७ सय १४ हेलिकप्टरबाट आउजाउ गरेको तथ्यांकमा रहेको छ।

भारतीय तीर्थयात्री नेपालगन्ज विमानस्थलबाट सिमकोट विमानस्थल हुँदै हिल्सालनाका चिनको मानसरोवर कैलाश दर्शन थालेपछि सिमकोट विमानस्थल व्यस्त देखिन थालेको छ।

सीता एयरलाइन्स २ वटा जहाज,समिट एयरलाइन्सका ४ वटा जहाज र तारा एयरलाइन्सका २ वटा जहाजले नेपालगन्ज बाट सिमकोट विमानस्थलमा नियमित उडान भर्न गरेका छन्।

यस्तै गरी सिमकोट विमानस्थलबाट हिल्सा नाकामा ५ वटा हेलिकप्टर सिम्रिक एयर, माउन्टेन एयर, कैलाश एयर, फिस्टेल एयर प्रभु एयरको हेलिकप्टरले सिमकोटदेखि हिल्सा दैनिक उडान गर्दैँ आएका छन् ।