शनिबार ०५ पुस, २०८२

संसद्‍मा उठ्यो किशोरीको डिम्ब व्यापारको विषय, निगरानी गर्न माग

संसद्‍मा उठ्यो किशोरीको डिम्ब व्यापारको विषय, निगरानी गर्न माग

काठमाडौं । किशोरीको डिम्बको अवैध व्यापार भइरहेको भनेर यो विषय संसद्‍मा उठेको छ ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीले यस  विषयमा कुरा उठाएकी हुन् ।

किशोरीको डिम्ब ब्यापारको विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न उनको माग छ ।

१६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई प्रलोभनमा पारेर डिम्ब निकाल्ने काम भइराखेको उल्लेख गर्दै उनले यो विषयमा सरकारको कठोर निगरानी आवश्यक रहेको बताइन् ।