द्वन्द्व पीडितसँग सरकार छलफलमै छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार द्वन्द्व पीडितसँग छलफलमै रहेको बताएका छन् ।
प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा सांसद मैना कार्कीले संक्रमणकालीन न्याय र द्वन्द्व पीडितको विषयमा जिज्ञासा राखेकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘द्वन्द्व पीडितसँग सरकार छलफलमै छ ।’
आफ्नो नेतृत्वमा सरकार बनेपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गर्ने गरी कानुन पारित भएको बताए । त्यसपछि आयोग गठन गरेका स्मरण गरे ।
‘आयोगले काम थालिसकेका छन्,’ प्रधानमन्त्री ओलीले भने ।
सरकार शान्ति प्रक्रियासँग सम्बन्धित काम टुंग्याउने काममा रहेको पनि उनले दोहोर्याए । सरकार पीडितलाई न्यायदिने विषयमा गम्भीर रहेको पनि बताए ।
