आइतबार ०६ पुस, २०८२

एक वर्षमै भित्रियो पौने ७ अर्बको लसुन

एक वर्षमै भित्रियो पौने ७ अर्बको लसुन

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा पौने ७ अर्ब रुपैयाँ हाराहारीको लसुन आयात भएको छ ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको एक वर्ष अवधिको तथ्यांकले ६ अर्ब ७५ करोड ४० लाख २८ हजार रुपैयाँ बराबरको ५१ हजार २ सय ५५ टन लसुन आयात भएको देखाउँछ ।

उक्त परिमाणमा लसुन आयात हुँदा विभागले १ अर्ब ७४ करोड २६ लाख ८६ हजार रुपैयाँ राजस्व उठाएको छ ।

अघिल्लो आर्थिक वर्ष २ अर्ब २२ करोड रुपैयाँ बराबरको १७ हजार टन लसुन आयात भएको थियो । उक्त परिमाणको लसुन आयात हुँदा विभागले ५७ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो ।

गत वर्षको तुलनामा यो वर्ष लसुन आयात अस्वाभाविक देखिएको छ ।